सुर्खेत – जिल्ला समन्वय समिति कालीकोटको प्रमुखमा धनजित शाही विजयी भएका छन्। आज भएको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही विजयी भएका हुन्।
उपप्रमुखमा माओवादी केन्द्रकै मिना रावत विश्वकर्मा विजयी भएकी छन्। जिल्ला समन्वय समितिको निर्वाचनका लागि कालीकोटमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०ले गठबन्धन गरेका थिए।
जिल्ला समन्वय समितिमा १८ मत रहेको कालीकोटमा गठबन्धनका उम्मेदवारहरुले १५ मत पाएको र एमालेका उम्मेदवारहरुले २ मत पाएको १ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस्तै, सदस्यमा माओवादी केन्द्रका ४ जना, नेपाली कांग्रेसका २ जना र १ जना एकीकृत समाजवादीका विजयी भएका छन्।


दर्शन खबर । २४ जेष्ठ २०७९, मंगलवार