सालकोट प्राथामिक स्वास्थ्य केन्द्रलाई ५० सैयाको अस्पतालको रुपमा स्तरोउन्नति गरिने

सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिका २ मा रहेको सालकोट प्राथामिक स्वास्थ केन्द्रलाई ५० सैयाको अस्पतालको रुपमा स्तरोउन्नति गरिने भएको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९ ८० का लागि ल्याएको निती तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले यस्तो बताएका हुन् ।

परिवारका अनुसार सुर्खेत जिल्लाको पश्चिम क्षेत्रलाई उपचारमत्क स्वास्थ्य सेवालाई सहज तथा गुणस्तरीय बनाउँनका लागि सालकोट प्राथामिक स्वास्थ केन्द्रलाई ५० सैयाको अस्पतालको रुपमा स्तरोउन्नति गरिने भएको हो । जसका लागि आवश्यक पूर्वाधारको व्यवस्थापन गरिने छ ।


तपाईको प्रतिक्रिया