बाँकेमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन । कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा गएराती मोटरसाइकल ठोक्किँदा खड्क गुरुङको मुत्यु भएको हो ।
चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक कोहलपुर नगरपालिका–२ का २९ वर्षीय गुरुङको उपचारको क्रममा कोहलपुरस्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार कोहलपुर–२ का २९ वर्षीय राम बहादुर घले घाइते भएका छन् । अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका–८ का ३८ वर्षीय दल बहादुर सारुको सोही अस्पतालमा उपचार भइरहेको छ ।


दर्शन खबर । २३ जेष्ठ २०७९, सोमबार