स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता बढ्याे

काठमाण्डौ । सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको वार्षिक भत्ता बढाएको छ ।
आउँदो बजेटदेखि स्वास्थ्य स्वयं सेविकाले वार्षिक थप ३ हजार रुपैयाँ यातायात भत्ता पाउने बजेटमा उल्लेख छ । यस्तै विपन्न नागरिकलाई निःशुल्क उपचार गर्न २ अर्ब २० करोड बजेट छुट्याइएको छ । यस्तै गर्भवती जाँच र सुत्केरी भत्ताको लागि सरकारले २ अर्ब २२ करोड रुपैयाँ छुटयाएको छ ।
सरकारले स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


तपाईको प्रतिक्रिया