रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

सुर्खेत – रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सिस्ने गाउँपालिका–४ दादीङमा हिजो बेलुका रा १ त १६१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दादीङका १५ वर्षका आकाश बुढा र ५० वर्षीया नन्दी बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको रुकुम (पूर्व) कै अस्पतालमा उपचार भइरहेको छ ।


तपाईको प्रतिक्रिया