
दिपक बराल
सर्खेत । चिङ्गाड गाँउपालिका ६ पाम्का पुणेमा श्री नेपाल राष्ट्रीय आधारभुत विधालय नयाँ भवन निर्माण भएको छ । १८ लाख ३१ हजार लागतम भवन निर्माण भएको श्री नेपाल राष्ट्रीय आधारभुत विधालयकाका प्राधानाध्यापक ललित अधिकारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको भवन निर्माणको काम कोभिड १९ को संक्रमणले गर्दा समयमै निर्माण कार्य सम्पन्न हुन सकेको थिएन ।
आर्थिक वर्ष २०७८/८९ मा चिङ्गाड गाँउपालिका बाट थप ४ लाख ५० हजार रकम थप गरी उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
कक्षा ८ सम्म संचालन भएको विधालयमा अझैपनि कक्षा कोठा अपुग भएको र विधालयमा तार घेराबार को व्यवस्था नभएकोले सुरक्षामा चुनौती रहेको भन्दै आगामी योजना हरुमा सम्वन्धित निकायको ध्यानार्कषण गराउँदै सम्वन्धीत निकायलाई व्यवस्थापन गरीदिन प्राधानाध्यापक अधिकारीले आग्रह गर्नुभएको छ ।


दर्शन खबर । १९ जेष्ठ २०७९, बिहीबार