भरतपुर महानगरकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटना

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ  । उनी सवार गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो ।

गाडी पोलमा ठोक्किँदा दाहालको टाउकोमा चोट लागेर घाइते भएकी उनलाई सुमेरु अस्पतालमा लागिएको र टाउकोमा टाँका लगाइएको प्रहरीले जनाएको छ । अहिले उनको अवस्था भने खतरामुक्त रहेको प्रहरीले बताएको छ ।


तपाईको प्रतिक्रिया