सल्यान । शुक्रबार सल्यानको बागचौर नगरपालिका -९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको त्रिशिद्वेश्वरी राप्ती यातायात प्रा।लि द्वारा संचालित ना ३ ख ३८८४ नम्बरको बस दुर्घटनामा परेको छ।
उक्त बस दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्।
दुर्घटनामा परी घाइते हुने मध्य सल्यान छत्रेश्वरी गाउँपालिका – २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका – ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका – ३ की ५८ वर्षीया दिलकुमारी खड्का रहेका छन्।
घाइतेहरूको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ। बागचौर नगपालिका(८ शारदा खोला पुल नजिकै बस दुर्घटना भएको हो। बस के कारणले दुर्घटना भएको हो भन्ने कुराको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


दर्शन खबर । १३ जेष्ठ २०७९, शुक्रबार