भेरीगंगाले स्वास्थ उपचारमा सहायता प्रदान गर्ने


सुर्खेत । भेरीगंगा नगरपालिकाले विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहायता दिने भएको छ । सोमवार नवनिर्वाचीत नगर प्रमुख यज्ञ प्रशाद ढकाल र उपप्रमुख धनसरा बोहोराले पदभार ग्रहण पश्चात विपन्न, अपाङ्गता भएका, असक्त नागरिकहरुलाई नेपाल सरकारले प्रदान गर्दै आएको स्वास्थ्य उपचार सहायतालाई थप गर्दै ९ वटा औषधीहरुमा सहायता प्रदान निर्णय भएको नगर प्रमख यज्ञ प्रशाद ढकालले जानकारी दिनुभयो । मुटुरोग, मृगौला रोग, क्यान्सर, अल्जाईमर्स, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, सिकल सेल एनीमिया र प्यारालाईसिस भएका विरामीहरुलाई चिकत्सकको सिफारिसका आधारमा २ हजार थप गरी सहायता प्रदान गर्ने निर्णय भएको नगर प्रमुख यज्ञ प्रशाद ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया