
सुर्खेत । भेरीगंगा नगरपालिकाका नवनिर्वाचीत जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । नगरका १३ वटै वडाका नवनिर्वाचीत जनप्रतिनिधीहरुलाई निर्वाचन अधिकृत नगेन्द्र लम्सालले प्रमाणपत्र वितरण गर्नुभएको हो । प्रमाणपत्र वितररण गर्दै निर्वाचन अधिकृत लम्सालले निर्वाचनलाई सव्य र सहज रुपमा सम्पन्न गर्नका लागी भेरीगंगाका सम्पुर्ण सरोकारवाला तथा राजनितीक दल, सुरक्षा निकाय लगाएतले महत्वपुर्ण सहयोग गरेको भन्दै भेरीगंगा नगरबासिलाई धन्यावाद दिनुभएको छ । कार्यक्रममा नवनिर्वाचीत नगरप्रमुख यज्ञ प्रशाद ढकाल, उपप्रमुख धनसरा बोहोरा लगाएत १३ वटै वडाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।



दर्शन खबर । ७ जेष्ठ २०७९, शनिबार