सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । मेयरमा माओवादी केन्द्रका पुष्प वादी र र उपमेयरमा ईश्वरी शर्मा बी।एम।ले जित हासिल गर्नुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका अनुसार पुष्प वादीले ६ हजार ८८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका प्रेम बहादुर ओलीले ६ हजार ३११ मत प्राप्त गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टीका प्रशाराम खत्रीले १७ र राप्रपाका उम्मेदवारले ८ मत ल्याउनुभएको छ ।
उपमेयर ईश्वरीले शर्मा बी।एम।ले सात हजार दुई मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका टङ्कप्रसाद ओलीले पाँच हजार ७४४ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गर्नुभएको छ ।


दर्शन खबर । ४ जेष्ठ २०७९, बुधबार