सुर्खेतकाे गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी

सुर्खेत। सुर्खेतकाे गुर्भाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गुर्भाकोटको पालिकामा पाँच बर्षीय कार्यकालका लागि मेयरमा हस्त पुन र उपमेयरमा मैना विक विजय भएका हुन् । गुर्भाकोटको दश वटा वडाहरु नेपाली कांग्रेस र ४ वटा वडा नेकपा एमालेले जितेको छ ।

नेपाली कांग्रेसले वडा नम्बर २,३,४,५,६,७, ८,९,१२ र १३ विजयी हासिल गरेको छ । नेकपा एमालेले वडा नम्बर १,१०,११ र १४ वडामा विजयी हासिल गरेको छ ।


तपाईको प्रतिक्रिया