दैलेखको नारायण नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

दैलेख। दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा मेयर र उपमेयर नै एमालेले जितेको छ ।

मेयरमा एमालेका लोमन शर्मा ५४३६ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मलाकुमारी खड्का थापाले ५३५७ मत ल्याइन्।

उपमेयरमा पनि एमालेकै तप्तकुमारी खड्का ५६७३ मतका साथ विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीकी सावित्री मल्लले ३८३८ मत ल्याइन् । नारायण नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो ।


तपाईको प्रतिक्रिया