दैलेख । दैलेख जिल्ला सदरमुकामस्थित मेगा बैंकमा कार्यरत सुरक्षागार्ड प्रमुखले आत्महत्या प्रयास गरेका छन् ।
दैलेखको नौमुले गाउँपालिका ६ घर भएका ४७ वर्षीय हस्तबहादुर रानाले आफ्नै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएका कारण उनले आत्महत्या प्रयास गरेको हुन सक्ने बताइएको छ ।
आफूले सुरक्षार्थ भिरेको खुकुरीले पेटमा हानेर ३ इन्च गहिरो घाउ भएको छ । प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए । लाेकान्तर बाट


दर्शन खबर । १४ जेष्ठ २०७६, मंगलवार