सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालीका वडा नं ६ र ७ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडा नं ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका लालसिं वुढा क्षेत्री निर्वाचित भएका छन । उनले ५२४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लाल बहादुर घर्तीले ४५४, नेकपा माओवादीका खिम बहादुर वलीले १३५ र स्तन्त्रका पखे वलीले २७७ मत प्राप्त गरेका छन । यसैगरी कांग्रेसका महिला सदस्य गौमाया खत्री ले ५५८ मत प्राप्त गरी विजयी भएकी छन भने नेपाली कांग्रेसका दलित महिला सदस्य सरीता विकले ५६५ मत ल्याएकी छन । नेपाली कांग्रेस सदस्यहरुमा गन बहादुर वलीले ५२९ र सन्त बहादुर डाँगीले ५४८ मत ल्याएर निर्वाचित भएका छन ।
यस्तै वडा नं ७ को.वडाध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर मिजार निर्वाचित भएका छन । उनले ५२२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका दिलिप बस्यालले ५०९ र जनता समाजवादी पार्टी जसपाका हरीलाल बारघरेले २९ मत प्राप्त गरेका छन ।
यसैगर नेपाली कांग्रेसका महिला सदस्य मनकली बुढा मगर खड्काले ५१४ मत प्राप्त गरी विजयी भएकी छन भने दलित महिला सदस्य ओवी सरा वस्यालले ५३२ मत ल्याएकी छन । नेपाली कांग्रेसकाका खुल्ला सदस्यहरुमा सेर बहादुर कार्कीले ५४४ र रतीसरा विकले ५०४ मत ल्याएर निर्वाचित भएका छन ।
दर्शन खबर । ३ जेष्ठ २०७९, मंगलवार