वीरेन्द्रनगर–१४ गढीमा एमालेका रोकायको प्यानल विजयी


सुर्खेत। वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ गढीमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको उक्त वडा यस पटक नेकपा एमालेका उम्मेदवार प्यानलै विजयी भएका छन् ।

एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार देव बाहदुर रोकायले ५४२ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार विरु थापाले ५१६ मत, नेकपा माओवादी केन्द्रका उम्मेदवार याम बहादुर रास्कोटीले ४५६ मत प्राप्त गरेका थिए ।

वडा सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार भरत बहादुर बुढा, मन बहादुर बुढामगर, प्रेमदेवी सारु, करुणा दमाई विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया