सुर्खेत । सिम्ता गाउँपालिका वडा नम्वर १ को खनेटा मतदान केन्द्रमा मतदान जारी रहेको छ । बैशाखख ३० गतेल भएको मतदानमा मतदान अधिकृतको हस्ताक्षर छुटेको भन्दै मतदान स्थगित भएको थियो । वडा नम्वर १ को भगवती मावी खनेटा मतदान केन्द्रमा आज विहान ७ बजे देखी सुरु भएको मतदानमा करीब ५० प्रतिशत मतदान सम्पन्न भएको सिम्ता गाउँपालिकाका निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो । भगवती मावी खेनेटामा मतदान केन्द्रमा कुल ८ सय ३९ मतदाता रहेका छन् ।
खनेटाको मतदान सम्पन्न भई सर्वदलीए बैठक बसी छिटै मत गणना गर्ने गरी तयारी गरिएको निवौचन अधिकृत सापकोटाले जानकारी दिनु भयो ।
सिम्ताको खनेटा मतदान केन्द्रमा मतदान जारी
तपाईको प्रतिक्रिया
दर्शन खबर । २ जेष्ठ २०७९, सोमबार