कुमाख गाउँपालिका १ मा ओवादी केन्द्रको प्यानलै विजयी

सल्यान। कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका हुनुभएको छ । उहाले ६०८ मत ल्याएर काँग्रेस एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुभएको हो । काँग्रेस एमाले गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत प्राप्त गर्नुभएको छ । यस्तै महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन ।
काँग्रेस एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहनुभएका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो । उक्त वडाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बुढाथोकीलाई ५ सय ५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५५८ मत प्राप्त गर्नुभएको छ भने काँग्रेस एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४८० मत प्राप्त गर्नुभएको छ ।
कुल मतदाता १ हजार ७ सय ३९ रहेको कुमाख गाउँपालिका १ मा १ हजार २ सय १४ मत खसेको थियो ।


तपाईको प्रतिक्रिया