वीरेन्द्रनगर–८ मा मोटरसाईकल दुर्घटना परेर ढकालको मृत्यु

सुर्खेत । आज भएको स्थानीय तहको निर्वाचनमा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३ मा रहेको हरि डिलभूमी माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका हृदयराम ढकाल वीरेन्द्रनगर–८ मा मोटरसाईकल दुर्घटना भएको हो ।

उनी सवार कर्णाली प्रदेश ०२–००१ ब ००११ नम्बरको मोटरसाईकल सडकमा रहेको खाल्डो बचाउँन खोज्दा सडक किनारामा रहेको जस्ताको पातामा टाउको ठोक्कीदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ । ढकाल वीरेन्द्रनगरको राजश्व उपशाखाका अधिकृत छैठौं पदमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया