सुर्खेत। हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ मा रहेको मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएपछि मतदान रोकिएको हो ।
झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्यसहित दुई जना घाइते भएका हुम्लाका जिल्ला निर्वाचन अधिकारी मुक्तिनन्द रावलले जानकारी दिनुभयो । अहिले पनि स्थति तनावपूर्ण रहेको र थप सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गर्नुको साथै दुई पक्षसँग अवस्था नियन्त्रणबारे छलफलको प्रयास पनि भइरहेको जिल्ला निर्वाचन अधिकारी रावलले बताउनुभयो ।


दर्शन खबर । ३० बैशाख २०७९, शुक्रबार