हुम्लामा वर्षाका कारण मतदानमा ढिलाइ

सुर्खेत। हुम्लामा वर्षाका कारण मतदान प्रक्रियामा केही समस्या भएको छ ।

पानी परिरहेका कारण नाम्खा गाउँपालिकाको महाबौद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कैलाश र स्वयम्भू आधारभूत विद्यालय बराई मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका प्रमुख मुक्तिनन्द रावलले जानकारी दिनुभयो ।

मौसममा सुधार आउनसाथ त्यहाँ चुनावी प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो । अरु मतदान केन्द्रमा भने मतदान भइरहेको छ ।


तपाईको प्रतिक्रिया