पालिका चुनावको लागि आजदेखि ६ दिनसम्म विद्यालय बन्द

काठमाण्डौ – आजदेखि ६ दिनसम्म विद्यालय बन्द भएका छन् । पर्सि शुक्रबार हुने  आजदेखि विद्यालय बन्द भएका हुन् ।

धेरै विद्यालमा मतदान केन्द्र भएकाले पनि तयारीका लागि आजैदेखि विद्यालय बन्द गरिएको हो ।

३० गते चुनावको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ३१ गते शनिबार परेको छ । जेठदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णयअनुसार १ गते आइतबार पनि बिदा हुने भएको छ । जेठ २ गते बुद्धजयन्तीमा पनि सार्वजनिक बिदा छ । त्यसैले आजदेखि बन्द भएका विद्यालय जेठ ३ गते मात्र खुल्नेछन् ।

विद्यालय र क्याम्पससमेत बिदा भएपछि चुनावका लागि गाउँ घर जानेको भिड झनै बढेको छ ।


तपाईको प्रतिक्रिया