वीरेन्द्रनगरमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

सुर्खेत । वीरेन्द्रनगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान १२ बजेको समयमा वीरेन्द्रनगर–६ एमाले पार्टी कार्यालय नजिक दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घण्टाघरबाट बसपार्कतर्फ जाँदै गरेको भे २ प ६४५३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०३२२ नम्बरको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाइकल चालक वीरेन्द्रनगर–६ का ४० वर्षीय स्माईल सलामी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । ठक्करबाट उनको दायाँ खुट्टामा गम्भीर चोट लागेको छ ।

सलामीको हाल देउति नर्सिङ होममा उपचार भइरहेको छ । मोटरसाइकल र बस प्रहरीले नियन्त्रणमा लिएको छ । फरार बस चालकको खोजीकार्य भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया