राप्रपा उम्मेद्वार भुपेन्दनाथ योगी संग जनसहभागिता बढ्दो ।

वीरेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को अध्यक्ष पदका उम्मेद्वार भुपेन्द्रनाथ योगी संग जनलहर बढ्दो देखिन्छ ।
योगीले गरेका प्रतिबद्धताहरूले वडा बासिमा उत्साह छाएको पाईन्छ । योगीले आफुलाई जनताले अध्यक्ष पदको जिम्मेवारी दिएको खण्डमा कुनै पनि किसिमको तलब भत्ता नलिई त्यो रकम जेहेनदार गरिव असहाय विद्यार्थीको पठन पाठनमा खर्चिने बताएका छन् ।
योगी वीरेन्द्रनगर नगरपालिकाका स्थायी बासिन्दा हुन् । २०३४ सालदेखी वडा नं ६ मा व्यवसाय गर्दै आईरहेका योगी गुरु गोरक्षनाथ सेवा संघका अध्यक्ष, विश्व हिन्दु माहासंगको सदस्य, गायत्री प्रज्ञा प्रतिष्ठानको सदस्य, रेडक्रस सोसाईटिका आजिवन सदस्य, जन उच्च मा.वीका कार्यसमिति सदस्य, उद्योग वाणिज्य संघ सुर्खेतको कार्यसमिति सदस्य हुदै बिगत १० बर्ष देखि सामाजिक क्षेत्रमा सक्रिय छन् भने उनी राष्ट्रिय प्रजातन्त्र पार्टिका वर्तमान नगर अध्यक्ष समेत रहेका छन् । ४५ बर्ष देखी वीरेन्द्रनगर मै बसेका योगीको आजसम्मको छविमा कुनै पनी किसिमको दाग नदेखिएको र व्यवसायका क्रममा गरेका ईमानदारिताले पनि सबैले विश्वास गरेको अनुमान लगाउन सकिन्छ । भ्रष्टाचार गरेर खानु आमाको खुन खाए सरि हो भन्ने सिद्दान्त बोकेको पार्टिका उम्मेदवार योगीले गरेका प्रतिबद्दता हरू यस्ता छन् ।

१. जनसहभागितामूलक योजना तर्जुमा र विकास प्रकृयालाई अवलम्बन गरिने ।
२. ऐतिहासिक, पुरातात्विक, धार्मिक एंव सांस्कृतिक महत्त्वका सम्पदाहरुको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा टेवा पुर्याउने ।
३. खुला चौपायाको व्यवस्थापनका माध्ययमबाट सडक व्यवस्थापन, फोहोर व्यवस्थान र उद्यमशिलता प्रवद्धनलाई जोड दिइने ।
४. वडालाई प्राविधियूक्त बनाउन सेवा प्रवाहलाई सूचना प्रविधीमा ढाल्ने, सडक दुर्घटना, सामाजिक अपराध जस्ता विषयलाई नियन्त्रण गर्न वडाका प्रत्येक चौक, टोल र गल्लीमा सिसिटिभी क्यामेरा जडान गरी सोको सम्पर्क सोझै स्थानिय प्रशासनसंग गासिने ।
५. उपभोक्ता हक र हित संरक्षण गर्न स्वच्छ बजारको सुनिश्चितता गरिने ।
६. वडाको फोहोरमैला तथा ढल निकास व्यवस्थापनलाई सुदृढिकरण गरिने ।
७. शैक्षिक गुणस्तरलाई सुधार गर्न वडा भित्र सार्वजनिक पुस्तकालयको स्थापना तथा सञ्चालनलाई प्राथमिकिकरण गरिने।
८. अव्यवस्थित पार्किङ्गको समस्यालाई प्राथमिकताका साथ कार्यक्रममा राखी समाधनाको खोजी गरिने।
९. वडाबाट प्रवाह हुने सेवालाई जनताको पहुचयोग्य बनाउने ।
१०. वडा भित्र पर्ने खोला नालाको व्यवस्थापनलाई प्राथमिकतामा राखी त्यसबाट हुने सम्भावित क्षतिलाई न्यूनिकरण गरिने ।
११. वडा भित्रको सुकुम्बासी समस्या समाधानका खातिर विशेष पहल गरिने ।
१३. बृद्ध-बृद्धा घरदैलो स्वास्थ्य परिक्षण सेवा कार्यक्रम ल्याइने ।
१४. छिटो, छरिता, निष्पक्ष र भ्रष्टचार रहित सेवा प्रवाहलाई सुनिश्चितता गरिने ।


तपाईको प्रतिक्रिया