एसइई दिएर फर्किँदै गरेका विद्यार्थी सवार जीप दुर्घटना हुँदा १३ जना घाइते

अछाम । अछाममा एसइई दिएर घर फर्किँदै गरेका विद्यार्थी सवार जीप दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन् ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ५ सरानी भन्ने ठाउँमा विद्यार्थी चढेको से १ ज ९६५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका अछाम प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताउनुभयो ।

एसइई दिएर जिल्लाको साँफेबगरबाट ठाँटीतर्फ जाँदै गरेको जीप सडकबाट करिब ३० ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते विद्यार्थीको वयालपाटा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्थामा गम्भीर रहेको अस्पतालले जनाएको छ ।

जीप चालक ३५ वर्षीय मोति खड्का फरार रहेका र जीप प्रहरीले नियन्त्रणमा लिएको छ ।


तपाईको प्रतिक्रिया