सुर्खेतको भेरीगंगामा २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिए 

सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका तर्फबाट प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिएका २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । २ सय ९७ जनाले उम्मेदवारी दिएकोमा २४ जनाले उम्मेदवारी फिर्ता लिएपछि अब २ सय ७३ जना चुनावी मैदानमा होमिएका छन ।

उम्मेदवारी फिर्ता लिनेमा नेपाली काँग्रेसको तर्फबाट वडा नम्बर ९ की उपप्रमुख प्रतिक्षा वि.क, वडा नम्बर १३ का वडा अध्यक्ष प्रेम बहादुर बुढा, वडा नम्बर ५ की वडा सदस्य टिकावटी उपाध्याय, वडा नम्बर १३ का वडा सदस्य गगन बहादुर खत्री, वडा नम्बर ५ की दलित महिला सदस्य कमला सार्की रहनुभएको छ ।
नेकपा माओवादीकोे तर्फबाट भेरीगंगा नगरपालिका वडा नं. १० का प्रमुख पदका १ जना, वडा नं. ५ का वडा अध्यक्ष पदका १ जना, वडा नं. १३ का सदस्य पदका ३ जना, वडा नं. ५ का वडा सदस्य पदका १ जना, वडा नं. १२ का वडा सदस्य पदका १ जना, र वडा नं. ५ का वडा अध्यक्ष पदका १ जना उम्मेद्वारले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उम्मेदवारी फिर्ता लिनेमा नेकपा माओवादीकोे तर्फबाट नगर प्रमुखका उम्मेदवार डल्लीकुमारी बुढा, वडा अध्यक्षका उम्मेदवार टिकाराम वली ,वडा सदस्यका उम्मेदवार हरिबहादुर वली, देवे कसेरा ,दुर्गा गिरी, मोतीसरा खत्री र आशा भण्डारी (वली) दलित महिला सदस्य शिला सार्कीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट भेरीगंगा नगरपालिका वडा नं. ६ की उपप्रमुख छविकला बुढाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेदवार पुर्ण बहादुर सुनारले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । यस्तै स्वतन्त्रबाट वडा नं. ९ का उपप्रमुखका उम्मेदवार गोमा थापा, वडा नं. २ का वडा अध्यक्षका उम्मेदवार नन्दबहादुर बुढा क्षेत्री, १३ का अध्यक्ष मान बहादुर वि.सी, ४ का अध्यक्ष जितबहादुर खत्री, १३ का अध्यक्ष नर बहादुर जि.सी, र ११ का अध्यक्ष हर्क बहादुर घर्ती वडा नं. ४ की सदस्य उम्मेद्वार विष्णु खड्का, १३ की शान्ता डाङ्गी र ५ का डिल बहादुर चुनाराले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।


तपाईको प्रतिक्रिया