हुुम्ला । हुुम्लाका सात वटा वडामा वडाध्यक्षसहित ४ जनाको मात्र मनोनयन दर्ता भएको पाइएको छ। ती वडामा दलित समुुदायको बसोवास नभएका कारण सो पदमा मनोनयन दर्ता नभएको हो।
मुुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जिल्लाका दुई गाउँपालिकाका सात वटा वडामा वडाध्यक्षसहित ४ जनाको मात्र उम्मेदवारी परेको बताएका छन्।
यसरी चार जनाको मात्र उम्मेदवारी पर्ने चङ्खेली र नाम्खा गाउँपालिकाका सात वटा वडा छ। नाम्खा गाउँपालिकाका १ देखि ६ र चंखेली गाउँपालिकाको वडा नम्बर ५ को नेक्पा गाउँ छन्।
सात वटै वडामा दलित समुुदायको बसोवास नै नभएका कारण दलित महिला सदस्यको मनोनयन नै दर्ता नभएको हो। यसबाट ती सबै वडा चार जना जनप्रतिनिधिबाट सञ्चालन हुनेछन्।
स्थानीय शासन सञ्चालन ऐनले व्यवस्था गरेको वडाका लागि पाँच जना जनप्रतिनिधिको व्यवस्थाअनुुसार हुुम्लाका ती वडामा एक–एक जना जनप्रतिनिधि कम हुनेछन्। उनले यसरी कानुनले व्यवस्था गरेको कुरालाई कुनै समुदायको बसोवास नै नभएपछि त्यसका लागि विकल्प दिनुपर्ने सुुझाव दिए। यो समस्या समाधानका लागि आयोगसँग कुरा गर्दा उनले यस पटकका लागि केही गर्न नसकिने जानकारी प्राप्त भएको बताए।
यसरी दलित महिलाको मनोनयन नपरेपछि स्थानीय तहको निर्वाचनबाट चयन हुने जनप्रतिनिधिको संख्या पनि घट्नेछ।
नियमतः जिल्लाका सात वटै गाउँपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिको संख्या २३४ हुनुपर्नेमा अब त्यो संख्या २२७ मा सीमित हुनेछ।
११४४ जना सुरक्षाकर्मी परिचालन हुने
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुुसार स्थानीय तहको निर्वाचनका लागि ५४ वटा मतदान केन्द्र र मोबाइल टोली गरी एक हजार एक १४४ जना सुरक्षाकर्मी परिचालन हुने भएका छन्।
निर्वाचनका लागि परिचालन हुने कुुल सुरक्षाकर्मीमध्ये ३९४ जना म्यादी प्रहरी, ३२४ जना नेपाल प्रहरी, २०० जना सशस्त्र प्रहरी र १७० जना नेपाली सेनाको संख्या छ। एउटा गाउँपालिका लागि तीन–तीन वटा स्थानमा सुरक्षा व्यवस्था गरिनेछ।
सो स्थानबाट गाउँपालिकाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन हुनेछ। यसैबीच, निर्वाचनलाई ध्यानमा राखेर गुल्मपतिको नेतृत्वमा ७० जना सेनाको टोली सर्केगार्ड गाउँपालिका केन्द्रमा बसेको छ। सुरक्षा समितिका अनुुसार सेनाको सो टोलीले दक्षिणी क्षेत्रमा सुरक्षा प्रदान गर्नेछ।


दर्शन खबर । १५ बैशाख २०७९, बिहीबार