सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ मा नेपाली काङ्ग्रेसको तर्फ बाट अध्यक्षमा धुर्व कुमार चपाई को उमेद्वारी रहेको छ । सदस्यहरूमा याम नारायाण आचार्य, दिलिप वाग्ले, चन्द्रा नेपाली र निर्मला पाेखरेल काे उम्मेदवारी रहेकाे छ । गएकाे ५ बर्षमा वडा नं. ७ ले गरेकाे बिकास ले गर्दा पुन चपाईले नै नेतृत्व गर्न लाग्दा वडा बासी मा उत्सुकता देखिएकाे छ । बिगत ५ बर्ष लाई सिकाईकाे रूपमा लिएका चपाईले गरेका अनुभवले अब वडा अझै प्रगतिशिल हुने स्थानिय सुरज सिजालि ले बताएका छन् । पुन वडाकाे सेवा गर्ने अवसर मिले काेराेना का कारण पछी धकेलिएका काम सहित वडा काे समग्र बिकासका लागि अहाेरात्र लागिपर्ने चपाईकाे याेजना रहेकाे छ ।


दर्शन खबर । १२ बैशाख २०७९, सोमबार