पञ्चपुरीमा माओवादीले लगायो उम्मेद्वारकाे टुंगो, मेयरमा शाही र उपमेयरमा सञ्ज्याल

पञ्चपुरी । नेकपा माओवादी केन्द्रले सुर्खेतको पञ्चपुरी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । बुधबार बसेको नगर कमिटीको बैठकले केशव शाहीलाई मेयरको उम्मेदवार बनाएको छ भने विमला सञ्ज्याल (कँडेल) लाई उपमेयरका लागि उम्मेदवार बनाएको हो ।
शाही माओवादी केन्द्र पञ्चपुरी नगर कमिटी अध्यक्ष हुन् । उनी अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहका श्रीमान हुन् ।


तपाईको प्रतिक्रिया