सुर्खेत । हुम्ला र दैलेखमा दुई जना पुरुषको मृत अवस्था शव फेला परेको छ ।दैलेखको नारयण नगरपालिका ४ सोत बस्ने ४७ वर्षीय वीरबहादुर कटुवालको प्रहरीले मृत अवस्थामा शव फेला पारेको हो ।
गाउँमै आयोजना भएको विवाहमा सहभागी भएका उनको अत्यधिक मादक पदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
नारायण नगरपालिका १० खत्रीडाँडामा कटुवालको मृत अवस्थामा रहेको खवरपछि अस्थायी प्रहरी पोष्ट भैसीखोरदेखी प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । यता, हुम्लाको सिमकोट गाउँपालिका ४ बुराँसे स्थित बरगाउँ जाने सडक किनारामा अन्दाजी २९ वर्षीय लालसिंह सुनारको शव फेला परेको छ ।
सदरमुकामबाट ठेहेतर्फ जाँदै गरेको गाडीका यात्रुले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । सुनारको मृत्यु के कति कारणले भएको हो भन्ने नखुलको र प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।


दर्शन खबर । ६ बैशाख २०७९, मंगलवार