सुर्खेत उद्योग वाणीज्य संघको जारी मतगणना रोकीयो


वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणीज्य संघको जारी मतगणना रोकीएको छ । गणना गर्दा धेरै समय लागीरहेको भन्दै दुवै पक्षका अध्यक्ष र निर्वाचन समितीविच छलफल गरी गणना स्थल बढाउने क्रममा अध्यक्ष पदका उमेद्धवार हर्ष विक्रम खड्का पक्षधरका प्रतिनिधीले असहमती जनाएसंगै मतगणना आज साँँझ सवा ६ बजेदेखी रोकीएको हो । यो समाचार तयार पार्दा सम्म कडा प्रतिशप्रधाका रुपमा अध्यक्ष पदका उमेद्धवार लक्ष्मण कंडेल र अर्का उमेद्धवार हर्ष विक्रम खड्का विचको मतान्तर ३१ रहेको छ ।
८ सय मतगणना गर्दा कंडेलले ४ सय ९ मत प्राप्त गरेका छन् भने खड्काले ३ सय ७८ मत प्राप्त गरेका छन् । निर्वाचन समीतीले विवाद समाधान गरी तत्काल मतगणना गर्ने प्रयास भईरहेको जनाएको छ । अहिले सम्मको मतभारलाई हेर्दा मिश्रीत नतीजा आउने अनुमान गरिएको छ ।


तपाईको प्रतिक्रिया