रामघाटका शिखर र लालीगुराँस विद्यालयमा अनुगमन,  स्वास्थ्य सामाग्री अभाव

कुलेन्द्र शाही सुर्खेत  रामघाटका लालीगुराँस र शिखर माध्यमीक विद्यालयमा नर्श सेवा दिन थाले पछि सहज भएपनी आवश्यक स्वाथ्य सामाग्रीहरुको भने अभाव भएको पाईएको छ ।  भेरीगंगा नगरपालिका वडा नम्वर ११ र १३ मा रहेका विद्यालयहरुमासरोकारवाला निकायहरुले गरेको संयुक्त अनुगमनमा पाईएको हो ।

शिखर माद्यामीक विद्यालय रामघाटमा छात्राहरुलाई प्रयाप्त मात्रामा सेनेटरी प्याड उपलब्ध हुन नसकेको र लालीगुराँस मावीमा पनी प्राथमीक उपचारका लागी औषधीहरुको उपलब्धता हुन नसकेको पाईएको छ । यस्तै भौतिक संरचनाहरु सुविधायुक्त भएतापनी सरसफाईमा ध्यान नदिने गरेको पाईएको हो ।

आज सुन्दर नेपाल संस्था सुर्खेतको अगुवाईमा वडा नम्वर ११ र वडा नम्वर १३ का जनप्रतिनिधीहरु लगाएतको संयुक्त अनुगमनमा यस्तो पाईएको हो । सरकारले विद्यालयमा दिएको प्याड सानो साईजको हुदाँ आफुहरुलाई दिन भर स्कुल बस्न समस्या हुने गरेको लाली गुराँस माद्यामीक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला रावतले बताउनुभयो ।

एक माध्यामिक विद्यालय १ नर्ष कायक्रम संचालन भएपछी विद्यार्धीहरुलाई सहज भएपनी व्यवस्थीत हुन नसेकेको लालीगुराँस माद्यामीक विद्यालयका प्रधानाध्यापक प्रेम थापाले बताउनुभयो । विद्यालयमा नेपाल सरकारले पठाउने स्वास्थ्य सामाग्रीहरु गुणस्तरीय र प्रयाप्त नहुँदा  स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको शिखर माद्यामीक विद्यालय रामघाटका प्रधानध्यापक जनक बहादुर सिंहले बताउनुभयो ।

वडा नम्वर १३ का वडा अध्यक्ष टीकाराम शुवेदीले विद्यालयहरुमा नर्श भए पनी उनीहरुले प्रवाह गर्ने सेवा प्रभावकारी हुन नसकेको  भन्दै प्रभावकारी बनाउन  पहल गर्ने बताउनुभयो । अनुगमनमा जनप्रतिनीधी, स्थानिय सभाका संयोजन तथा सदस्य, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया