जाजरकोट । अन्दाजी एक सय ५ लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय रिम्नाले तयारी भएको मदिरा अन्दाजी १५ लिटर र कच्चा पदार्थ ४० लिटर ईलाका प्रहरी कार्यालय जगतिपुरले तयारी मदिरा अन्दाजी ३० लिटर,कच्चा पदार्थ अन्दाजी ८ लिटर, प्रहरी चौकी थर्पुभार्माले तयारी घरेलु मदिरा अन्दाजी ३० लिटर, कच्चा पदार्थ अन्दाजी १ सय लिटर र मदिरा बनाउने भाँडा सेट ३ र अस्थायी प्रहरी पोस्ट स्याँलाले तयारी घरेलु मदिरा अन्दाजी ३० लिटर, कच्चा पदार्थ अन्दाजी एक सय लिटर र मदिरा बनाउने भाँडा २ सेट फेला पारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


दर्शन खबर । २ बैशाख २०७९, शुक्रबार