सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन मिति तोकियो, अन्तिम नामावली प्रकाशन चैत २८ गते हुने

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन मिति तोकिएको छ । यसअघि आज गर्ने भनिएको निर्वाचन असन्तुष्ट व्यापारीहरुले अदालतमा रिट दायर गरेपछि रोकिएको थियो । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन समितिले नयाँ मिति तोकेको हो ।

अब आगामी बैशाख ४ गते निर्वाचन मिति तोकिएको छ । आइतबार १० बजेदेखि दिउँसो ३ बजेसम्म प्रालि साझेदारी फर्म र कम्पनी लगायतको मतदाता सूचीमा नाम समावेश हुनेगरी प्रतिनिधि पठाउने तथा मतदाता नामावलीमा दावी विरोध गर्ने संशोधित निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

यस्तै आइतबार नै मतदाताको अन्तिम नामावली प्रकाशन र चैत २८ गते सोमबार १० बजेदेखी दिउँसो ३ बजेसम्म उम्मेद्वारी दर्ता तथा सोही दिन साँझ उम्मेद्वारको सूची प्रकाशन गरिने अधिवक्ता समेत रहेका निर्वाचन समितिका नन्दबहादुर भण्डारीले  जानकारी दिए ।

उनकाअनुसार बैशाख २९ गते विहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म उम्मेद्वारी उपर दाबि विरोध र फिर्ता, सोही दिन अपरान्ह छ बजे दावी विरोध उपर निर्णय र उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।

बैशाख २ गते राती १२ बजेसम्म चुनाव प्रचार अवधि र सोही दिन १२ बजेपछि मौन अवधि तोकिएको भण्डारीले बताए । उनकाअनुसार मतदान बैशाख ४ गते विहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुनेछ ।


तपाईको प्रतिक्रिया