रुकुम पश्चिमको मुसिकोट किटनीमा गाडि दुर्घटना, आठ जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ७ किटनीमा गाडि दुर्घटना भएको छ ।
आज दिउँसो रुकुम पश्चिमको मुसिकोटबाट रुकुमकोट हुँदै काठमाडौको लागि छुटेको बस किटनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
बा ३ ख ९६६५ नम्वरको यात्रु वहाक बस दुर्घटनामा परी ८ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते ८ जनाको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन । प्रहरीका अनुसार उक्त बसमा २२ जना यात्रु रहेका थिए ।
बस सडकबाट हुत्तिएर सडक छेउको भित्तामा ठोक्किएको बताईएको छ । घाईतेहरुलाई उपचारको लागि जिल्ला सदरमुकाम ल्याईदै छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायव उपरिक्षक बिष्णु प्रसाद सोती सहितको टोली घाईतेहरुको उद्धारको लागि गएको छ । दुर्घटनाको कारण र थप विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।


तपाईको प्रतिक्रिया