
सुर्खेत। भेरीगंगा नगरपालिकामा ३ महिने आधारभुत कम्प्युटर तालिम भएको छ । आधारभुत कम्प्युटर तालिम भेरीगंगामा रहेका अपाङ्गता भएका छात्र छात्राहरुको लागि कम्प्युटर तालिम दिन लागिएको हो ।
समय सापेक्ष विकसित हुँदै गइरहेको प्रविधि बारे जानकारी गराउनुका साथै दक्ष बनाउने उद्देश्यले आयोजित तालिममा ४ जना अपाङ्गता भएका छात्र छात्रालाइ दिन लागिएको महिला तथा बालबालिका शाखा प्रमुख सबिता रानाले बताउनुभयो । त्यसै गरी प्रति बिद्यार्थी खाजा वापत दैनिक एक सय रुपैया प्रदान गरीने पनि रानाले जानकारी दिनुभयो ।
भेरीगंगा नगरपालीका महिला तथा बालबालिका शाखाको आयोजना र मुलाइट कम्प्युटर इन्स्च्यिुट भेरीगंगा १२ छिन्चु सुर्खेतको सहकार्यमा उक्त कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिका वडा नम्बर १२ अध्यक्ष हरि प्रसाद कडेलले आफुले सिकेको सिपलाई सहि रुपमा सदुपयोग सल्लाह दिदै सहभागीले तालिम लिइसकेपछि रोजागारीको अबसरमा यस थप टेवा पुयाउने कडेल बताउनुभयो ।
उक्त कार्यक्रमा वडा नम्बर १२ का अध्यक्ष हरि प्रसाद कडेल,मनोपरामर्श कर्ता नन्दा चन्द,सिएमसी नेपाल संयोजक पुनम बुढा ,कमला पौडेल वडा नम्बर १२ की वडा सचिब मेनका ढकाल अन्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो ।


दर्शन खबर । २२ चैत्र २०७८, मंगलवार