कालिकोट । कालिकोटमा मिनि बस कर्णाली नदीमा खसेको छ । कर्णाली करीडोरको जितेगडा–कोल्टी सडक खण्डको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइचेचाङ–खोली बजारवीचमा दिउँसो साढे दुई बजेतिर मिनीबस नदीमा खसेको हो ।
बसमा कति जना यात्रु थिए भन्ने खुलेको छैन् । घटना थाहा पाए लगत्तै प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
दुर्घटनामा परेको सवारी चालक दैलेख घर भएका कृष्ण शाही पौडी खेलेर बाचेपनि सहचालक नदीमा बेपत्ता रहेको स्थानीय नेत्रराज बमले जानकारी दिए ।
उनकाअनुसार बस नम्बर खुलेको छैन् । जितेबाट पचालझरनाकै जारकोट जाँदै गरेको मिनीबस सडकबाट अन्दाजी ३० मिटर तल नदीमा खसेको स्थानीय बताउँछन् । कालिकोट प्रहरीले घटनास्थलमा प्रहरी पुगिसकेकाले विस्तृत विवरण केही बेरमा थाहा हुने जानकारी दिएको छ ।


दर्शन खबर । २० चैत्र २०७८, आईतवार