काठमाडौं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसद विरुद्धको रिट ‘हेर्न नमिल्नेमा’ राखिएको छ।
नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको वैधानिकता माथि प्रश्न उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदन ‘हेर्न नमिल्नेमा’ राखिएको हो।
पूर्ण सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको थियो। एमालेबाट विभाजित हुनुअघि नै एमालेले गरेको कारबाही सदर नगरेको भन्दै एमाले अदालत पुगेको थियो।
यसअघि फागुन २९ गते बसेको ईश्वरप्रसाद खतिवडा र डा कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका आजको मिति तोकेको थियो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले यसअघि २२ भदौमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
एमालेले पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोग विरुद्धसमेत अदालतमा गएका थिए। यसअघि पनि यो रिट पटकपटक पेशी तोक्दै सार्दै आइरहेको थियो।
यही विषयलाई लिएर एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आइरहेको छ। सो रिटमाथिको सुनुवाइ रोक्न माधव पक्षले निवेदन दिएका थिए। तर, माग गर्दै अमर राउतले इजलास समक्ष निवेदन दिएका थिए। तर, अदालतले सो माग अस्वीकार गरेको थियो।


दर्शन खबर । २० चैत्र २०७८, आईतवार