राष्ट्रिय वन फडानी गरी कब्जा, सरोकारवाला निकाय बेखबर


सुर्खेत । भेरीगंगा नगपालिका वडा नम्वर १० थानी चौरमा राष्ट्रिय बन डोजर लगाई फडानी गरी कब्जा गरीएको छ । नगरपालिकामा भुमी सम्वन्धी समस्या आयोगको ईकाई केन्द्र स्थापना गरी भुमी सम्वन्धी समस्या समाधान गर्न लागीए पछी थानीचौरमा करीब ५ विगाह जग्गा फाडानी गरी स्थानियले कब्जा गरेका छन् । नगरपालिका देखी नजीकै रहेको थानीचौरमा बन फडानी गरी कब्जा हुदाँ समेत नगरपालिका तथा वडा नम्वर १० को कार्यालय बेखबर रहेको छ । थानीचौर क्षेत्रमा धेरै मात्रामा जग्गा पुर्ण ऐलानी भएको र अहिले पलटिङ्ग गरी जग्गा बिक्री वितरण गर्ने क्रम बढेकाे स्थानीय प्रेम बहादुर परीयारले  बताउनुभयो ।

यता सब डिभिजन कार्यालय छिन्चु पनी बेखबर रहेको कार्यालयका रेन्जर भोज प्रशाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई थानीचौरमा अहिले बन फाडानी गरी कब्जा गरीएको छ भन्ने कुरा थाहा छैन, के कती फाडानी भएको छ अव हामी अनुगमन गर्छौँ” । यदी बन अतीक्रमण गरी बस्ती बसाउन लागीएको हो भने यसरी बन जंगल पडानी गरी बस्ती बसाल्न पाँईदैन, हामी जिल्ला सुरक्षा परिषदबाट निर्णय गरी फडानी गरीएको बन फिर्ता गर्न पहल गर्छौै, उपाध्यायले भन्नुभयो ।
यता डिभिजनल बन कार्यालय सुर्खेतका प्रमुख मुन बहादुर रावतका अनुसार ”बन फडानीको विषयमा हामीलाई कुनै पनी जानकारी आएको छैन,  के भएको हो हामीले अनुगमन गरी जाँच बुझ गर्ने छौँ” ।
भेरीगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मान बहादुर बुढाले पनी बन फडानीको विषयमा आफुलाई कुनै जानकारी नभएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया