चीनको बेइजिङमा प्रदूषण दरमा ३३ प्रतिशतले कमी

चीन। चीनको बेइजिङमा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको तुलनामा वायु प्रदूषण ३३ प्रतिशतले कमी आएको पाइएको छ ।

 

वायु प्रदूषण सूचकाङ्कमा ३३ दशमलव ३ प्रतिशतले कमी आएको सरकारी तथ्याङ्कलाई उदृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जनवरी–फेब्रुअरीमा बेइजिङ सहरको प्रदूषणको २ दशमलव ५ औसत पीएम प्रति घनमिटर ३४ माइक्रोग्राम रहेको बेइजिङ नगर पर्यावरण तथा वातावरण ब्युरोले जनाएको छ । बेइजिङमा गएको दुई महिनामा कुनै पनि गम्भीर प्रदूषित दिन नभएको रिपोर्टमा उल्लेख छ । गएको वर्ष बेइजिङमा राष्ट्रिय वायु गुणस्तरको मापदण्डलाई अपनाउने घोषणा गरिएको थियो । यो घोषणासँगै बेइजिङले वायु प्रदूषण नियन्त्रणमा सफलता हात पारेको सरकारको दाबी छ ।

तपाईको प्रतिक्रिया