
सुर्खेत । खानेपानी, सरफाई तथा स्वच्छता सम्वन्धी वास मेला तथा बहस कार्यक्रम भेरीगंगाको छिन्चुमा सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाको आयोजना, खोपानी सरसफाई स्वच्छता तथा दिगोविकास लक्ष्य परियोजना र सामुदायीक रेडियो भेरीगंगाको समन्वय तथा सहकार्यमा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा कर्णालीका १७ प्रतिशत नागरिक अँझै पनि शुद्ध पानीको पहुँच बाहिर कर्णाली सरकारका उर्जा तथा जलस्रोत मन्त्री गणेशप्रसाद सिंहले बताउनु भएको छ ।
आज शारदा मावि छिन्चुमा आयोजित एक दिने वास मेलाको मन्त्री सिंहले हात धोएर उदघाटन गर्दै यस्तो बताउनु भएको हो ।
‘सफा पानी पिउन पाउनु हरेक नागरिकको अधिकार भएकोले त्यता तर्फ प्रदेश सरकार लागि परेको उहाँले बताउनु भयो । मन्त्री सिंहले शुद्व पिउने पानीका बारेमा बहस र पैरवी गर्न आवश्यक रहेको बताउनु भयो ।
मेलाको अवशरमा रेडियो भेरीगंगा एफएमले संचालन गरेको वास बहसमा सहभागिहरुले, गाउँ टोल तथा छिन्चु बजार सरसफाईमा नगरपालिकाले ध्यान दिनु पर्ने, फोहोर व्यवस्थापनका लागी गाउँ टोलका नियमित रपमा फोहोर संकलन गर्ने गाडी पठाउन नगरपालिका संग माग गरेका थिय । भने भेरीगंगा नगरपालिकामा धेरै गाउँ टोलहरुमा खानेपानीको वयवस्थापन हुन नसकेको भन्दै खानेपानीको व्यवस्थापन गर्न माग गरेका थिए ।
यस्तै भेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले पखानेपानी र सफाईको क्षेत्रमा
नगरपालिकाले योजना बनाएको बताउँदै आगामी दिनमा यस्ता सरसफाई संग सम्वन्धीत कार्यक्रम संचालन गरीने बताउनुभयो । नगर उपप्रमुख रेणु आचार्य ढकालले आगामी पाँच वर्षमा भेरीगंगा नगरपालिकाका सवै घर घरमा सुद्ध खानेपानीको धारा व्यवस्थापन गर्न आफु लागी पर्ने बताउनुभयो । कार्यक्रममा भेरीगंगा नगरपालिका वडा नम्वर १३ का वडअ अध्यक्ष टिकाराम सुवेदी, वडा नम्वर १२ का अध्यक्ष हरी प्रशाद कंडेल वढा नम्वर १० का वडा अध्यक्ष मान बहादुर बुढा, खानेपानी सरसफाई तथा यदगो विकास लक्ष्य परियोजनाका अनिल मर्हजन, लगाएत भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाबाट खानेपानी रसरसफाईको क्षेत्रमा काम गरीरहेका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


दर्शन खबर । १२ चैत्र २०७८, शनिबार